काठमाडौं – प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित डि.जे. लावन्ज बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकका तर्फ बाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घलेरडि र.जे. लावन्जका तर्फ बाट प्रबन्ध निर्देशक बिरु जोशीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त लावन्जबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले डि.जे. लावन्जद्धारा सञ्चालित“फुड” र “वेभरेज”सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।
उतm सम्झौता अन्तर्गतडि.जे. लावन्जमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,डि.जे. लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया