काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालस्थित विदेशी राजदुतावास, नियोगहरुले सटहीको विवरण १५ दिन भित्र पेस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
आज बुधबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै भिसा दस्तुर वापत संकलन गरेको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्वन्धीत विदेशी राजदुतावास, नियोगको आधिकारिक अनुरोध पत्रका आधारमा सम्वन्धीत बैंकले सटही सुविधा उपलब्ध गराउन सक्ने सहितको व्यवस्था गरेको हो ।
वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, अन्य वित्तीय संस्थाहरु एवं विदेशी विनिमय कारोबार गर्न अनुमतीप्राप्त संस्थाहरु सबैको नाउँमा जारी भएको यो व्यवस्था अनुसार सटहीको विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवायृरुपमा राष्ट्र बैंक अन्र्तगतको विदेशी विनिमय बिभागमा उपलब्ध गराउनु पर्ने छ ।
यस अन्र्तगत इ भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले यो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा शर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसा वापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी बिद्युतीय डिजिटल कार्ड मार्फत सटही सुविधा प्रदान गर्न सकिने छ ।
यसको लागि भिसा शूल्क बापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य बिदेशी मुद्राको खाता वा सम्वन्धीत देशको नेपालस्थित दुतावास, नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा हुनु पर्ने छ ।
भुक्तानीको व्यवस्था स्पष्टरुपमा खुल्ने सम्वन्धीत मुलुक वा नेपालस्थित दुतावास र नियोगको पत्र समेत आवस्यक पर्ने छ । यस्तो कार्डबाट अन्य कुनै पनि प्र्रयोजनको लागि भुक्तानी नहुने व्यवस्था गर्नु पर्ने छ भने यस्तो कार्डको म्याद इ भिसा प्रोसेसिङ सम्वन्धी कार्य गर्नको लागि तोकिएको अवधि भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने छ ।
यस्तो कार्डबाट एक पटक वा पटक पटक गरी भुक्तानी हुन सक्ने छ र यस एकीकृत परिपत्र २०७८ मा अन्यत्र उल्लेखित कुनै पनि भुक्तानी सम्वन्धी सिमा लागु हुने छैन ।
कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपैयाँको खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिकरुपमा हिसाव मिलान गर्नु पर्ने छ । परिपत्र अनुसार बैदेशिक रोजगारीमा जाने नेपालीहरुको इ भिसा प्रोसेसिङको भिसा शूल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्वन्धीत देशबिच भएको सम्झौंतामा उल्लेखित भिसा सम्वन्धी सम्पुर्ण व्यवस्थाहरुको पालना हुनु पर्ने छ ।
प्रतिक्रिया