काठमाडौँ – नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् ।
उनीहरुले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एकरएक वटा बन्डल गरी १८ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया