देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री द्वारा महर्जनलाई सम्मान

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेका छन् ।

अखिल नेपाल खेलकुद सङ्घले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले खेलकुद विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने प्रधानमन्त्रीको भनाइ छ । महर्जनले सन् २०१६ सेप्टेम्बरमा भुटानमा सम्पन्न ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेका हुन ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीको समेत उपस्थिति रहेको थियो ।