देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योगपति विनोद चौधरी ३ ठाउँबाट उम्मेदवार सिफारिस

देशान्तर

उद्योगपति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी मंसिर ४ गतेको आम निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ ठाउँबाट उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

अहिलेको संसदमा समानुपातिक सांसद रहेका चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी र नवलपुरबाट गरी ३ ठाउँबाट उम्मेदावर बनाउन सिफारिस गरेको हो ।

चौधरीले आफूलाई पार्टीले टिकट दिए जुन कुनै ठाउँबाट उम्मेदवार बन्ने बताउँदै आएका छन् । चौधरीलाई नवलपरासीको १ का साथै नवलपुरको १ र २ दुवै क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

नवलपुर १ बाट अहिले पनि नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला सांसद छन् । उक्त क्षेत्रबाट शशांक ३ पटक सांसद भइसकेका छन् भने आसन्न चुनावमा पनि प्रत्यक्ष उम्मेदवार बन्ने सम्भावना रहेको छ । यस्तोमा नवलपरासीका १ र २ मध्य एउटा क्षेत्रमा चुनाव लड्ने सम्भावना रहेको छ ।

चौधरी २०७० सालको संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सभासद् भएका थिए भने २०७४ को निर्वाचन अघि नेपाली कांग्रेसमा आएका हुन् । देशभरी आयोजना भएको प्रचार अभियानमा सक्रिय रहेका चौधरी २०७४ को आम निर्वाचनपछि कांग्रेसबाट समानुपातिक सांसद भएका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यसमेत बनेका चौधरी प्रत्यक्षतर्फ उम्मेदवार बन्दा नेपाली कांग्रेसले जित्न सक्ने आधार बलियो रहेको बुझिएको छ ।