देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू-१७ पुरुष साफ : नेपालद्वारा भारत पराजित

देशान्तर

काठमाडाैं – नेपालले श्रीलंकामा जारी यू-१७ पुरुष साफ च्याम्पियनसिपमा भारतलाई ३-१ गोलले पराजित गरेको छ । रेशकोर्स मैदानमा भएको खेलमा भारतले २५औं मिनेटमा ड्यानीमेइटिइले गरेको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

सरोजले करिव १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिला हाफ एक एकको बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६७औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । नेपालका लागि सुवास बमले गोल गरेका हुन् । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई दुई एकले हराएको थियो । भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।