देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिस ग्राण्ड नेपाल २०२२ को फिनाले हुँदै

देशान्तर

काठमाडौं – कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ ।

प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस ग्राण्ड नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भाद्र २५ गते होटेल शंकर, लाजिम्पाटमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजकले जनाएको छ ।

विजेताले मिस ग्राण्ड नेपाल २०२२ को ताज सहित इन्डोनेसियाको बाली र जाकार्तामा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउनेछन् । साथै विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिता विजेताले ६ लाख रुपैयाँको उपहार पनि पाउने आयोजक कमिटीले जनाएको छ ।

प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।

मिस ग्राण्ड नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा अभिनेता अनुपविक्रम शाही, ¥यापर आशिष राना (लाहुरे), अभिनेत्री आँचल शर्मा, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिइएको जनाएको छ ।

प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरिरहेको छ ।