काठमाडौं – बेलायतको महारानीको निधन भएको छ । साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको हो। उनी ९६ वर्षकी थिइन्।
वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको मृत्यु भएको हो। महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको समीप पुगेका थिए।
उनका ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ।दश दिनको औपचारिक शोकपछि महारानीको अन्त्येष्टि गरिनेछ ।
प्रतिक्रिया