काठमाडौं – नबिल बंैंक लि. र युनिलिभर नेपाल लि. बीच Channel Financing सुविधाका लागि सहकार्य भएको छ ।
नबिल बंैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना ज्यू र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक, अमलान मुखरजी ले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई Channel Financing सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।
यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले Channel Partner को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट Channel Financing कर्जा उपभोग गर्न पाउने छन् ।
Channel Financing का प्रमुख आर्कषण अन्तर्गतChannel Principal ले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।
युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बंैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गाना ज्यूले बंैकसँग आबद्ध व्यवसायीहरुलाई चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ Channel Financing सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।
प्रतिक्रिया