काठमाडौं – नेप्सेको गिरावटले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव १६ अंकले घटेको नेप्से आज पुन ११ दशमलव ९७ अंकले घटेर १९ सय ३९ दशमलव ८८ अंकमा झरेको छ ।
दुई सय २४ वटा कम्पनीहरुको २० हजार चार सय ५२ पटकको कारोबारमा २९ लाख ४३ हजार सात सय ६९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८२ करोड ६२ लाख ३० हजार पाँच सय ८३ रुपैंयाँ पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले घटेर तीन सय ७७ दशमलव ३८ अंकमा झरेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामूहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् ।
तीमध्ये बाणिज्य बैंक समुहको सुुचक पाँच दशमलव ३९ अंकले घटेर १३ सय १४ दशमलव ९७ अंकमा झरेकोमा विकास बैंक समुहको सुचक पनि ३७ दशमलव २४ अंंकले घटेर ३४ सय ५१ दशमलव ९६ अंकमा झरेको छ ।
जलविद्युत समुहको सुचक पनि २१ दशमलव १९ अंकले घटेर २२ सय दशमलव ९९ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ३३ दशमलव नौं अंकले घटेर सात हजार आठ सय ९९ दशमलव ३४ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सूचक पनि ३६ दशमलव २५ अंकले घटेर नौं हजार एक सय ९७ दशमलव ५५ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ७० रुपैंयाँ अन्तिम मुल्यमा पाँच करोड १५ लाख ६० हजार दुई सय ९९ रुपैंयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
नेप्सेमा आज सनराईज म्युचुअल फण्डको प्रतियुनिट सेयर मुल्य सात दशमलव ७२ प्रतिशतले बढेर ११ रुपैंयाँ ५८ पैसामा प्रतियुनिट सेयर कारोबार हुंदा प्राईम बैंक डिवेञ्चरको प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ८८ प्रतिशतले घटेर नौं सय २२ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया