देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको नेतृत्वमा विकास : प्रकाशमान सिंह

देशान्तर

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विकासको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस शङ्करापुर नगरसमितिले मंगलवार साँखुमा आयोजना गरेको ‘चुनाव प्रचारप्रसार’ कार्यक्रममा नेता सिंहले राजनीतिको नेतृत्व गरेको काँग्रेसले विकासको नेतृत्व पनि गर्ने बताउँदै उनले भने, “काँग्रेसको नेतृत्वमा संविधान बन्यो, काँग्रेसकै नेतृत्वमा आर्थिक विकास पनि हुन्छ । ”

सांसद दीपकप्रसाद कुइँकेलले साँखुमा बाटो, खानेपानी लगायत समस्या छ भन्दै ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको शङ्खरापुरको विकासका लागि स्थानीयवासीले सोच्नुपर्ने बेला आएको बताए ।

प्रमुखका उम्मेदवार शङ्कर तिवारीले शङ्करापुरलाई सुन्दर र समृद्ध बनाउनका लागि आफ्नो प्रमुख भूमिका रहने बताए । काँग्रेस शङ्खरापुर नगरपालिकाका प्रमुख राजुभाइ मानन्धर, उपप्रमुखका उम्मेदवार मञ्जु खड्का, काँग्रेसका नेता लोकेश ढकाल र हरिबोल भण्डारी, नेत्री प्रतिमा गौतम लगायतले शङ्खरापुरको इतिहासलाई जोगाउनका लागि काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिए ।