काठमाडाैं – भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनिवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम केन्द्रीय सरकारले जनाएको छ ।
यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ ।
भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताएका हुन् । उनले भनेका छन्, यससम्बन्धी बिस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।
भारतका एकजना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्ट्रीको मङ्गलबार कार दुर्घटनामा परेर निधन भएको थियो । भारतको मुम्बइमा उनको निधन भएको एक दिनपछि भारतको केन्द्रीय सरकारले यो नियमको घोषणा गरेको हो ।
कार दुर्घटनाका क्रममा उनी आफ्नो कारको चालकसँगैको सिटमा बसेका थिए । तर उनले सिट बेल्ट भने बाँधेका थिएनन्।
तर उनको पछि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए। यसका कारण उनीहरु सुरक्षित रहेका थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिए ।
प्रतिक्रिया