देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपांगता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी

देशान्तर

काठमाडौं – सरकारले अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ ।

अतुल्य फाउण्डेशनले आज (मंगलबार) ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो बताएका हुन् ।

उनले मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए। उनले समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठिबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबै भन्दा बढी अपाङ्गता भएका व्यक्ति पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताए । उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए ।

सोही कार्यक्रममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी जानकारी मूलक हाते पुस्तिका पनि विमोचन भएको छ। पुस्तकमा नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो ।

पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेर स्वामित्व लिएकोमा खुशी प्रकट गरे ।