देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्नुपर्ने नयाँ शक्तिको माग

देशान्तर

गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान अनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका छन्।

मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुगेका डा भट्टराईले मंगलवार पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाए ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दी र अपराधीकरणमा उत्रेको दोषारोपण पनि उनले गरे।
अर्को प्रसङ्गमा उनले उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि एकीकरण बारे छलफल हुने जानकारी दिए ।