काठमाडाैं – चीनको दक्षिणपश्चिम सिचुवान भूकम्प गएको छ । आज (सोमबार) ६.६ म्याग्निच्युडको भूकम्प सिचुवान प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको गएको छ ।
अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । एक स्थानीय बासिन्दाले एएफपीलाई चेङ्दु सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताए।
यस वर्षको जुनमा दक्षिणपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । त्यतिबेला चेङ्दु सहरबाट १०० किलोमिटर पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया