काठमाडौं – क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । उक्त घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएको अन्तार्राष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।
देशको उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र वेल्डनसहितका विभिन्न १३ स्थानमा भएको घटनाका संदिग्ध ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको प्रहरीले तस्बिर सार्वजनिक गरेको छ ।
यो घटनासँगै उक्त क्षेत्रमा आपतकालको घोषणा गरिएको छ । यसका साथै स्थानीयलाई सुरक्षित स्थानमा रहन र अरुलाई घर ल्याउनुअघि सावधानी अपनाउन रोयल क्यानेडियन माउन्टेड पुलिसले आग्रह गरेको छ ।
उक्त घटना भयानक र हृदय विदारक भएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो बताएका छन्।
प्रतिक्रिया