देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत

देशान्तर

मोरङ । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवन सारडा पक्षले बहुमत हासिल गरेको छ । गए राति सम्पन्न मतगणना अनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी–५८९, पवनकुमार सारड–३५६, अनिल सारडा– ३५०, दिपेश सुवेदी–३५० पवन राठी– ३४२ देवासीस गोल्छा– ३३८ सुनिलकुमार टिवडेवाल– ३३७, ललीतकुमार बोहोरा– ३२६ मत ल्याई कार्यकारी सदस्यमा विजयी भएका छन् ।

त्यसैगरी उद्योगी एंव वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत पक्षका बहुसङ्ख्यक उम्मेदवार पराजित भएका छन् । पवन सारडा व्यापार सङ्घको पूर्व अध्यक्ष छन् ।

हाल विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकका तर्फका सांसद छन् । मोरङ व्यापार सङ्घका निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार व्यापार सङ्घको सदस्यमा निर्वाचित प्रतिनिधिले अध्यक्ष, उपाध्यक्ष र महासचिव छान्ने छन् ।