देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा नवनियुक्त २ मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौं – कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज सोमवार मन्त्री बनेका शाह र कामीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर शाह र कामीलाई पठाएको हो । योजना मन्त्री शाह जाजरकोट र ऊर्जा विकास मन्त्री कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्यसमेत हुनुहुन्छ।

माओवादी केन्द्रका ११ जना प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्रीसहित १० जना मन्त्री बनेका छन् भने एक जना उपसभामुख बनेका छन् ।