देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको सबैभन्दा अग्लो ट्विन टावर भत्काइयो

देशान्तर

काठमाडाैं – नोएडाको सेक्टर ९३ मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारुदले जुम्ल्याहा टावर ध्वस्त बनाएको हो । एपेक्स र केएन नामको टावर सुपरटेक निर्माताले निर्माण गरेको थियो ।

भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका दुइटा भवन भत्काउन आदेश दिएको थियो। तीमध्ये एउटा भवन भत्काएको छ । देशकै सबैभन्दा ठूलो बहुमंजिला भवन भत्किएको छ ।

नोएडा प्राधिकरणका अनुसार सुपरटेकको ट्विन टावर भत्किएपछि प्रभावित क्षेत्रमा पानीका ट्यांकर, मेकानिकल स्वीपिङ मेसिन र स्वीपरहरू वातावरण संरक्षणका लागि तैनाथ गरिएको छ । ३० तले भवनहरुलाई ट्विन टावर भनिन्थ्यो । उनको उचाइ ३२० फिटभन्दा बढी थियो।