काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् ।
मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिर गरेको बताइन् ।
गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादलन क्षमता २२६९ मेगावाट पुगेको बताइन् । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको उनले जानकारी दिइन् । विद्युदुत चुहावट १७.१८ बाट १५.३८ पुगेको उनको भनाइ छ ।
१७ बुँदे उपलब्धि सार्वजनिक गर्दै मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताइन् ।
विद्युत् आधारभूत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरावलोकन गरी सिंचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया