२०२३ तिर, प्रदीप गिरि बनारसमै थिए क्यार, एउटा ‘रहर’ भन्ने साहित्यिक पत्रिकाको योजना बन्यो, बनारसमै प्रदीप गिरि त्यसमा संलग्न थिए कि थिएनन् मलाई राम्रोसँग याद भएन, तर, थिएजस्तो लाग्दछ । जे होस् मैले त्यसै सिलसिलामा उनको नाउँ सुनेको हुँ ।
त्यसपछि उनी काठमाडौं आए । ‘आम्रपाली’ आदि रेस्टुरेन्ट उनीसित भेट हुन्थ्यो । उनी राजनीतिक मानिस भएता पनि साहित्यका पनि गम्भीर अध्येता थिए । उनका पछि लेखिएका लेखहरूबाट पनि उनको साहित्य चिन्तन स्पष्ट झल्किन्छ ।
काठमाडौंमा युवा डेमोक्रेटहरू उनीबाट अत्यन्त प्रभावित भएको सुनाउँथे मेरा साथीहरू । कहिलेकाहीँ म सोच्थे– ‘प्रदीप गिरिसँग यो प्रश्न सोध्नु भएन ?’
उनीहरू भन्थे– ‘सोधेँ’ उनले यो जवाफ दिए । यस्तै यस्तै सारांश के भवने सुरुसुरुमा प्रदीप गिरि त्यस बखत युवाकर्ता, बुद्धिजीवी सबका बीचमा लोकप्रिय र चर्चित थिए ।
तर त्यतिन्जेल मेरा उनीसित परिचय थिएन । एकदिन ‘आम्रपाली’ भन्ने रेष्टुराँ फसिकेव’ मा एक टेवुल साहित्यिक भेलामा उनीलाई कसैले मेरो परिचय दियो । उनले भने– ‘मैले तपाईंको कथा पढेको छु, तपाईं त ‘अल्ट्रा मोडर्न’ कथा लेख्नुहुन्छ, म त अहिले ‘जयदेव’ पढ्दै छु ।’ कति विस्तृत थियो । म भर्खरै भनुँ, लेख्न थालेको लेखक, उनी चिन्दा रहेछन् । त्यसखबत ‘पोष्ट मोडर्न’ शब्दले नेपाली साहित्यमा प्रवेश गरिसकेको थिएन, त्यसैले भने– ‘अल्ट्रा मोडर्न’ । अरु पनि अल्ट्रा मोडर्न’ नै भन्थे ।
अनि त्यसपछि प्रदीपका बानीबेहोरा, खानपिनका अनेक किंवदन्ती मानिस सुनाउँथे । दिनभरि गदकेर चद्दर तानेर सुतिरहन्छ, उठेर फरि… आदि आदि । तर भेटेपछि सारा भ्रम निवारण भयो । भेट्दै गपछि झन् स्पष्ट भयो उनी एवं मूल्यको राजनीति गर्ने निष्ठावान् राजनीतिक व्यक्तित्व हुन् । पछि भेटघाट पनि बढ्दै गयो । मित्रता पनि बढ्दै गयो । भारती सिलवालसँग पनि प्रदीप गिरिमार्फत् नै चिनजान भयो । यसरी उनको परिवारका धेरै व्यक्तिसँग चिनजान भयो । उनी बसेकै घरामा हामी जान्थ्यौं । त्यहीँ खानपिन साहित्य, बौद्धिकता आदि कुराकानी चल्दथ्यो ।
एकदिन, दिउँसो जाँदा, उनी चद्दरले मुख छोपेर सुतिरहेका थिए कि कुनै चिन्तन गरिरहेका थिए, ठम्याइनँ । हामी गएपछि उठे । टरोताजा भएर कुरा गर्न थाले । हामी हिन्दीमा पनि कुरा गरिरहन्थ्यौं । त्यसदिन मैले भने– ‘दिन में भी इतना कैसे सो लेते हैँ आप ?’
उनले जवाफमा एउटा शेर सुनाए !
ध्रुवजी,
किसकिसको याद किजिये
किस किसको ऐइये
आराम बढी चीज है
मुँह ढक के सोइये ।
यो शेर उनैबाट मैले सिकेको हुँ ।
हिन्दीका आधुनिक लेखक उनले पढेका थिए । मोहन एकेश, कमलेश्वर, राजेन्द्र यादव, अमर कान्त… सबै । उनी तिनका रचनाको उदाहरण दिइदिई कुरा गर्दथे । हिन्दीका लेखक र बुद्धिजीवी, जो टीभी धारावाहिक पनि लेख्दथेँ, सँग प्रदीपको घनिष्ट मित्रता थियो । उतै कता गएका बेलामा मेरो पनि प्रदीपले उनीसित परिचय गराएका थिए । जे होस् भारतको बौद्धिक सर्कलमा उनी राम्रो घुलमिलेका थिए ।
एकपटक उनले हिन्दीका अठारह आधुनिक उपन्यासबारे लेखिएको पुस्तक देखे । नपढेकोे तर आफ्नो रुचिको पुस्तक देखेपछि मनमा उत्सुकता जसको पनि जाग्छ प्रदीप गिरिले पनि त्यो पुस्तक पढेको रहेछन् । उनले मागिहाले– ‘पढकर लौटा देंगे ।’ मैले दिएँ ।
धेरै दिनसम्म म मागिरहेँ । उनी त अझ बढी नै होलान् । म पनि ‘ल्याङफ्याङ’ बस्ने व्यक्ति हुँ । उनी बढी किनभने, ‘बेतरतिव’ बस्ने प्रवृत्ति दुवैमा थियो भने पनि मानमाथि पनि मुक्तमान थपिँदियो भनेझैं, उनी त राजनीतिज्ञ पनि थिए नि ? जेलको जमान वा प्रवासको जमानमा त झन् खाने–बस्ने ठेगान हुँदैन, त्यसैले…. । यो उनको व्यक्तित्वमा झल्किन्थ्यो पनि ।
मैले मैजुबहालको घरमा एकदिन डिनरकै लागि आमन्त्रित गरेँ । आउन त आए तर आफ्ना सेनामेनाका साथ आए । पु¥याउन मुस्किल । खासगरी पेय पदार्थ पु¥याउन मुस्किल । तर पु¥याइयो ‘अतिथि देवो भवः’ त्यसमाथि प्रदीप आफ्नै ठानेर ल्याएका हुन् र ल्याएका युवा पनि सब परिचित नै थिए । त … आधा रातसम्म मेहेफिल मे जब उठी रामा ।’
प्रदीप गिरिलाई मेरो स्वर्गीय हीरादेवीको खोज उपहार दिएको थिएँ । उनले पढेपछि एकदिन भेट्दा भने– उम्दा उपन्यास है । लेकिन थोडा और मेहनत करते तो और अच्छा होसकता था ।’
एकदिन उनले मलाई एउटा पुस्तक दिए र भने– ‘ध्रुबजी, यो तपाईंको किताबको साटो हो ।’ साटो त पाएँ । तर त्यो साहित्यिक किताब थियो, यो निखुर राजनीतिक । डा. एममनोहर लोहियाले लेखेको ‘इतिहास्– दर्शन मसँग अझै छ ।
प्रदीप गिरिको धेरैसँग धेरै नाता थिए एक बहुमुखी प्रतिभा हुनाले मसँग साहित्यिक नाता भयो । उनीसँगका स्मरणहरू धेरै छन् तर प्रदीप गिरिजस्तो बौद्धिक साहित्य प्रखर व्यक्तित्व मित्रता श्रद्धाञ्जलीसहित आज यति नै ।
प्रतिक्रिया