देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट

देशान्तर

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट घोषित भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गर्नुभएको उक्त चलचित्रलाई रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ ड्युटी’ दोस्रो भयो भने सागर अर्यालले निर्माण गर्नुभएको ‘प्रेरणा’ लघुचलचित्रले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भयो । दोस्रो र तेस्रो हुनेलाई क्रमश रु एक लाख ५० हजार र एक लाख नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार एवम् चलचित्र निर्मातालाई प्रोत्साहित गर्दै प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघुचलचित्र निर्माण गरी मुलुकको कला, संस्कृति र पहिचानलाई मजबुत बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

समारोहमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक २०७३’ तथा ‘शिवपुरी जर्नल–२०१६’ मा प्रकाशित लेखका सर्जकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।