काठमाडौं – साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि नेप्से घटेको छ । बिहीबार १८ अंकले घटेको नेप्से शुक्रबार पुनः १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय १३ कम्पनीको २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा झरेको छ ।
१३ समूहको कारोबार भएकामा आज जीवन बिमा समूहको सूचक २९ दशमलव २९ अंकले बढेर नौ हजार चार सय ३६ दशमलव ४८ अंकमा चढेको छ । बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव सात अंकले घटेर १३ सय ४९ दशमलव ४६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४७ दशमलव ६९ अंकले घटेर तीन हजार ६ सय ३९ दशमलव ७० अंकमा झरेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक पनि ४० दशमलव ६६ अंकले घटेर दुई हजार तीन सय ८५ दशमलव १७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ५६ दशमलव सात अंकले घटेर आठ हजार एक सय २१ दशमलव ८९ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् । हिमाल दोलखा हाइड्रो पावर कम्पनीको भने प्रतिकित्ता दुई सय १६ रुपैयाँ अन्तिम मूल्यमा ६ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ ।
नेप्सेमा आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९५ प्रतिशतले बढेर एक हजार चार सय ४५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयरको मूल्य आठ दशमलव २३ प्रतिशतले घटेर एक सय तीन रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया