देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयरले आजै कोटेश्वरको फुटपाथ र पार्किङ अनुगमन गर्ने

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)  बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् ।

बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ । बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् ।

सोही सिलसिलामा उनी बुधबार साँझ कोटेश्वर जान लागेका हुन् ।