देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाका आरोहीको विश्व किर्तिमान राख्नका लागि सगरमाथा चढ्न गएका शेरचनको निधन

देशान्तर

काठमाडौं । विश्वकै सबैभन्दा पाका उमेरमा सगरमाथा चढेर किर्तिमानी कायम गर्न खोजेका सगरमाथा आरोही मीनबहादुर शेरचनको निधन भएको छ। उनी सगरमाथा चढेर विश्व कीर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका थिए । ८६ वर्षीय आरोही शेरचनको शनिबार निधन भएको हो। म्याग्दीको भुरुवा तातोपानीमा जन्मेका शेरचन बेलायती सेनाका पूर्व गोर्खा सैनिक हुन ।

उनी सगरमाथा आरोहणका लागि गत वैशाख ३ गते सात सदस्यीय टोलीको नेतृत्व गरेर सगरमाथा आरोहणमा हिँडेका थिए। शेरचनको आधार शिविरमा बिहान ५ बजेर १४ मिनेट जाँदा निधन भएको पर्यटन बिभागले जानकारी दिएको छ।

शेरचन काठमाडौंबाट नाम्चेसम्म हेलिकप्टरमा गएका थिए। यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेका थिए। सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने गर्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए।

सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि शेरचनको किर्तीमान खोसिएको थियो। तीनै जापानी आरोहीको रेकर्ड तोड्न शेरचन लामो समयदेखि अभ्यासरत थिए।