देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ग्रीन कार्ड का लागि आवदेन

देशान्तर

काठमाडौँ – श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ग्रीन कार्ड का लागि आवेदन दिएका छन्।

देशमा गएको जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भागेका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भरेका जनाइएको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएका समाचारमा उल्लेख गरिएको छ ।

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उन अमेरिका जाने तयारीमा रहेका जानकारी दिए । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाएका थिए ।

तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उन यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेका डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएको महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गर्नुभएको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेका छन् ।

उनीहरूको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् ।

देशमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक प्रदर्शनमा निस्किएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नुपरेको हो । उन सुरुमा म्यानमार गए । त्यसपछि थाइल्यान्ड हुदै सिङ्गापुर पुगे ।

उनले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।