देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५४२ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ८२ जनाको पीसीआर र २ हजार ८ सय ४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ४ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।