देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस उम्मेदवारमा जनजाति धेरै

देशान्तर

ललितपुर । नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका , उपमहानगरपालिका , नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जना जनजाति, मधेशी तथा दलित समुदायबाट उम्मेदवारी परेको छ ।

त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति , दलित तथा मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।
नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुष समेत ३० जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएकोछ । जसमध्ये चारजना दलित तथा एकजना मधेशी समुदायबाट उम्मेदवारी परेको छ ।

त्यसैगरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीन जना महिला समेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये २ जना पुरुष, ४ जना दलित तथा एक मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा १८६ गाउँपालिका गरी २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।