देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला साफका लागि विभिन्न कमिटि गठन

देशान्तर

काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि विभिन्न कमिटिहरु गठन गरेको छ ।

एन्फाले मंगलबार महिला साफका लगि विभिन्न आठ कमिटिहरु गठन गर्नुका साथै त्यसको संयोजक पनि तोकेको छ ।

एन्फाले यसअघि नै भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, लोकल जेनरल को–अडिनेटरको रुपमा विजय घले, सुरक्षा प्रमुखको रुपमा दिनेश ब्यन्जनकार र मार्केटिङ तथा ब्रोडकास्टिङका लगि सन्जिव शिल्पकारलाई जिम्मेवारी दिएको थियो ।

त्यस्तै मंगलबारको बैठकले हस्पीटालिटि कमिटि, स्वास्थ्य कमिटि, होटल तथा यातायत कमिटि, टेक्निकल कमिटि, रेफ्रि को–अडिनेटर कमिटि, समारोह कमिटि, प्रचार प्रसार कमिटि, नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन कमिटि गठन गरेको छ । त्यस्तै गठित कमिटिको संयोजक पनि तोकेको छ ।

हस्पीटालिटि कमिटिको संयोजकमा मनिष जोशी, स्वास्थ्य कमिटिको संयोजकमा रमेश ब्यन्जनकार, होटल तथा यातायत कमिटि संयोजकमा पुरुषोेत्तम थापा, टेक्निकल कमिटिमा कृष्ण थापा, रेफ्रि को–अडिनेटर कमिटिको संयोजकमा बुद्धि गुरुङ, समारोह कमिटिको संयोजकमा विकास नारायण श्रेष्ठ, प्रचार प्रसार कमिटिको संयोजकमा सुरेश शाह, नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन कमिटिको संयोजकमा शरिला श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

महिला साफ यही भदौ २४ गते देखि असोज तीन गतेसम्म काठमाडौंमा हुनेछ ।