देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाअभियोग लगाएर ठिक गर्‍यो भन्दै एमालेद्धारा संसद अवरोध

देशान्तर

व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगन भएको छ।

विहिवार अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।