काठमाडौं – सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकले हरित, उत्पादनशील र समावेशी विकासका लागि दिने १ सय मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सहुलियतपूर्ण ऋण भएको जानकारी दिए ।
प्रतिक्रिया