देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस–माओवादीबीच चुनावी तालमेल : काठमाडौं र पोखराको मेयर कांग्रेसलाई, भरतपुरमा प्रचण्डपुत्री

देशान्तर

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीनवटा महानगरमा चुनावी तालमेलको सहमति भएको छ ।

सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा कांग्रेसलाई माओवादीले सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने छ ।

भरतपुरमा कांग्रेसको तर्फबाट दिनेश कोइराला र माओवादीको तर्फबाट रेणु दाहालले मेयर पदमा उम्मेदवारी दिएका छन् । रेणु प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् ।

एमालेले मेयर पदमा देवी ज्ञवालीलाई उठाएको छ ।

यसैगरी काठमाडौंमा नेपाली कांग्रेसबाट राजुराज जोशी प्रत्यासी छन् भने माओवादी केन्द्रबाट सर्वोत्तम डंगोलले उम्मेदवारी दिएका छन् । काठमाडौंमा एमालेबाट विद्यासुन्दर शाक्य उम्मेदवार छन् ।

उता पोखरा महानगरका कांग्रेसबाट रामजी कुँवर र माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने उम्मेदवार छन् । एमालेले भने मानबहादुर जिसीलाई उम्मेदवार बनाएको छ ।