देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिबेक स्वच्छ सेवाकेन्द्र बालगृहलाई लायन्सकाे सहयाेग

देशान्तर

सेवाको क्षेत्रमा बिस्वभर ख्यातिप्राप्त संस्था लायन्स क्ल्ब इन्टरनेशनलको डिस्ट्रिक्ट ३२५ D अन्तर्गतका १२ वटा क्लबको आयोजनामा बिबेक स्वच्छ सेवा केन्द्र बाल गृहलाई खाद्यान्न ,सरसफाई लगायत बालबालिकाहरुका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

उक्त आश्रममा आज आयाेजित एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी लायन्स क्ल्ब इन्टर्नेसनल डिस्ट्रिक्ट ३२५ D का प्रथम भाइस  गभर्नर लायन रमेश लामा रहेका थिए । प्रमुख अथिति लामाले  लायन्स क्लबको बारेमा प्रकाश पार्दै उक्त आश्रमका समस्याहरु समधानामा आफूहरु कृयाशील भै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कार्यक्रम आयोजक क्लबहरु “जहाँ आवाश्यकता त्यहाँ लायन्स” भन्ने भावाना अनुसार यो सेवा को कार्यक्रम स्थान छनोट गर्न सफल भएकोमा धन्यबाद पनि दिए ।

कार्यक्रम सन्चालक  तथा लायन्स क्ल्ब इन्टर्नेसनल डिस्ट्रिक्ट ३२५ D का  एरिया कोअडिनेटर  प्रदीप सत्यालले बालगृहमा आफ्नो डिस्ट्रीक्टको पहिलो र सानो प्रयास भएपनि अबदेखि लायन्स क्लवहरुले उक्त बालगृहलाई निरन्तर सहयोग गर्ने बताए । संस्थाको तर्फ बाट धन्यवाद दिदै अध्यक्ष रेबिकाले अप्ठ्यारो परिस्थितिमा यस्तै सहयोगले हौसला बढ्ने र उर्जा प्रदान गर्ने बताइन् ।

आफ्नो संस्थालाई अहिले यस्तै सहयोग चाहिएकोले लयन्स क्लवलाई  धन्यवाद दिँदै उनले बालबालिकालाई नियमित स्वास्थ परिक्षणका लागि आश्रममा आएर सहयोग गरिदिने स्वयंसेवी डक्टरहरुको ब्यबस्थाको लागि पहल गरिदिन आग्रह गरिन्  । छोटो र  चुस्त  कार्यक्रममा  लायन्स क्ल्ब इन्टर्नेसनलको डिस्ट्रिक्ट ३२५ D का जिएमटी कोअर्डिनेटर लायन श्रीधर भन्डारी , एल सि आइ एफ कोअर्डिनेटर  लायन प्रेम कुमार चुडाल लगायत रिजन चेयर्पर्सन ,जोन चियर्पर्सन क्ल्ब  प्रेसिडेन्ट तथा सदस्य लायनहरुको  उपस्थिति रहेकाे थियो ।