देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिफा विश्वकप फुटबल एक दिन अगाडि नै, उद्घाटन खेल कतार र इक्वेडरबीच हुने

देशान्तर

काठमाडाैं – कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि हुने भएकाे छ । आगामी नोभेम्बरवाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो ।

जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा पनि उदघाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो उदघाटन खेल हुने तय भएको थियो ।

आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ ।

कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात उदघाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन्। जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।