देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो टी २० मा पनि आयरल्याण्ड विजयी

देशान्तर

अफगानिस्तानविरुद्धको टी २० सिरिजमा आयरल्याण्डले २–०को अग्रता लिएको छ । ५ खेलको टी २० सिरिजमा आयरल्याण्ड लगातार दोस्रो टी २० मा विजयी हुँदै सिरिजमा अग्रता लिएको हो ।

घरेलु टोली आयरल्याण्डले गयराति भएको खेलमा अफगानिस्तानमाथि ५ विकेटको सहज जीत दर्ता गर्न सफल भयो । अफगानिस्तानले दिएको १२३ रनको सामान्य लक्ष्य पूरा गर्न भने १९ औं ओभर खेल्नु परेको थियो ।

आयरल्याण्डलाई जिताउनका लागि एन्डी बालबेर्नीले सर्वाधिक ४६ रन जोड्दा लुर्केन टुर्केरले २७ तथा जर्ज डकरोलले नटआउट २५ रनको योगदान गरे । अफगानिस्तानका लागि मोहम्मद नावीले २ विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो । अफगानिस्तानका लागि हजमतुल्लाह शाहिदीले ३६ र ईब्राहिम जाड्रनले १७ रनको पारि खेलेका थिए ।

यस्तै अजमतुल्लाह उमरजाईले ११ र नभिन उल हकले नटआउट १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल रहे । आयरल्याण्डका लागि गारिथ डिलेनी, कुर्थिस च्याम्फियर, मार्क अडिर र जोस लिटिलले दुई दुई विकेट लिए ।