देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निधीले लिए राजीनामा फिर्ता, जनकपुरबाट फर्केर पूर्ववर्ती जिम्मेवारी सम्हाल्ने

देशान्तर

काठमाडौं । प्रधानन्यायधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव प्रति असहमति जनाउदै राजीनामा दिएका उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधी पूर्ववर्ती जिम्मेवारीमा फर्कन तयार भएका छन् । विहिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित वालुवाटारमा भएको छलफलपछि निधी राजीनामा फिर्ता लिदै पूर्ववर्ती जिम्मेवारीमा फर्कन तयार भएका हुन् ।

निधीलाई पूर्ववर्ती जिम्मेवारी सम्हाल्नका लागि सभापति शेरबहादुर देउवाले बुधवार साँझ झण्डै एक घण्टा भेटेर आग्रह गरेका थिए । पार्टी कार्यालयमा सभापतिसंग एक घण्टा भेटेका निधीले सभापति देउवालाई जिम्मेवारीमा फर्कने बचन दिएका थिए । विहिवार बिहान प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा सहित भएको छलफलमा प्रधानमन्त्री दाहालले पनि चुनावको मुखमा गृहमन्त्रालय नछाड्न आग्रह गरेका थिए ।

प्रहरी महानिरिक्षक नियुक्तीको बिषयमा सभापति देउवासंग फरक मत राखेका निधीलार्य देउवाले मुलुक पहिलो चरणको स्थानीय तह निर्वाचनमा होमिएको बेला गृह मन्त्रालयको जिम्मेवारी बहनबाट बाहिर बस्दा यसले सरकार, पार्टी र निधि स्वयंलाई पनि असर पार्ने विषयमा गम्भीर भएर सोच्न सभापति देउवाले निधिलाई सम्झाएका थिए।

निधी आज जनकपुरको कार्यक्रममा सहभागि हुनका लागि त्यसतर्फ जानेछन् र फर्केर आएपनि पूर्ववर्ती जिम्मेवारीमा सम्हाल्ने उनी निकट स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो–‘पार्टी सभापति र प्रधानमन्त्रीको आग्रहपछि पूर्ववर्ती जिम्मेवारी सम्हाल्नका लागि गृहमन्त्री ज्यू तयार हुनुभएको हो । आज जनकपुर जाने पूर्वनिर्धारित कार्यक्रम थियो । जनकपुरबाट फर्केपछि मन्त्रालय जानुहुन्छ ।’