देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तरविद्यालय इन्डोर क्रिकेटको उपाधि वाइ पोनटिङलाई

देशान्तर

इटहरी – इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा सम्पन्न अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ ।

इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा आज (बिहीवार) भएको फाइनल प्रतिस्पर्धामा वाइ पोनटिङले पशुपति स्कुललाई ५ विकेटले पराजित गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६.३ ओभरमा अल आउट हुँदै ४४ रन बनायो ।

पशुपति स्कुलले दिएको लक्ष्य वाइ पोनटिङले ५.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । वाइ पोनटिङका लागि रमन साहले सर्वाधिक २० रन बनाउदै म्यान अफ द फाइनल घोषित भए । प्रतियोगिताको विजेता टोलीलाई प्रमुख अथिति तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरे । प्रतियोगितामा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिइने एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाएका छन ।

प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान र म्यान अफ द सिरीजको उपाधि आकास सर्राफले पाए । त्यस्तै उत्कृष्ट बलरको उपाधि सबिन निरौलाले पाए । अविरल गौतमले प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि पाए ।

प्रतियोगिताको उत्कृष्ट प्रतिभाशाली टोलीको उपाधि माउन्ट मकालु स्कुलाई प्रदान गरिएको छ । र उत्कृष्ट अनुशासित टोलीको उपाधि डिभिएम स्कुलले पाएको छ ।