देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

देशान्तर

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजिनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर प्रभाकरलाई नियुक्त गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ एक दिवसीय र १३० टेस्ट म्याच खेलेका छन् । उनीसँग अफगानिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक पनि भएका थिए ।

रन्जी ट्रफीका लागि उनले दिल्ली, राजस्थान र यूपी क्रिकेटमा पनि आवद्ध रहेका थिए । मुख्य प्रशिक्षकमा नियुक्त प्रभाकरले आफू नेपाली टिमसँग काम गर्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।