देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किन स्थगित गर्यो सर्वोच्चले डीआईजी सिलवालको सुनुवाई ?

देशान्तर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज मंगलबार सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतले सुनुवाईको अर्को मिति पनि तय गरेको छैन ।

आईजीपीमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरीत सरकारले निर्णय गरेको दाबी गर्दै डीआईजी सिलवालले गत १९ चैतमा रिट दायर गरेका थिए । रिटमा उनले आफू नै आईजीपी हुनुपर्ने मागसमेत गरेका थिए । सोही रिटमा आज मंगलबारलाई पेशी तोकिएको थियो । सर्वोच्चले कानुन व्यवसायीले समेत हटाउन नपाउने गरी आजलाई पेशी तोके पनि सर्वोच्च अदालत आफैले सुनुवाई स्थगित गरेको हो ।

सर्वोच्चले आजको इजलासमा लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट मगाएको अर्यालको फाइल पनि खोल्ने बताएको थियो ।