देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख आयुक्तद्वारा निर्वाचन कार्यालय निरीक्षण

देशान्तर

काठमाडौँ। निर्वाचन आयोगका प्रमुख आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयकोे निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गरेका थिए । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवलाई उम्मेदवारी दर्ताका लागि सहज एवम् व्यवस्थित गराउन आग्रह गरेका थिए ।

निर्धारित समयसीमाभित्र उम्मेदवारी दर्ता गराउन लाम बसेकालाई सहज वातावरण बनाउन निर्देशन दिँदै डा यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको प्रतिक्रिया दिएका थियो । उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गरे ।

निर्वाचनमा घटिएका कर्मचारीले मध्याह्न ३ बजेपछि उम्मेदवारी दर्ता गराउनेको भिड लागेकाले आफूहरु बढी व्यस्त हुन् परेको प्रतिक्रिया दिएका छन् ।