देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाल साहित्यकारको संरक्षण गर्नपर्छ : मन्त्री कार्की

देशान्तर

काठमाडौं । सञ्चार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहितकारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत (उनको नाम नै गीत हो) पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताए । उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य कार्य गरेको बताउदै यस्ता कलाकारलाई अमुल्य गहनाको रुपामा संरक्षण गर्नुपर्ने बताए ।

१२ वर्षिया वाललेखिकाको पुस्तकले लाखौलाई प्रेरणा दिएको छ । उनको यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्नेछ । यस्ता साहित्यकारको रचनालाई सञ्चारमाध्यमले प्रचार प्रसार गरेर सहयोग गर्नु सबैको कर्तब्य भएको उल्लेख गरे ।
विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणी चौधरीले सानै उमेरमा साहित्यको माध्यमबाट अघि बढ्नु महत्वपूर्ण विषय रहेको बताउदै यस्ता प्रतिभालाई सरकारले सहयोग गर्नुपर्ने धाराणा राखे । उनले यो प्रशंसनीय सिर्जनाको कारण वाललेखिकाको भविश्य उज्वल बन्नेछ ।

पुर्वमन्त्री एवं साहित्यकार शंकरप्रसाद(एसपी )कोइरालाले विज्ञान र अनुसन्धानमा आधारित यो यो छोटो उमन्यासले धेरैको मन छुन सक्ने बताए । उनले भने–‘उपन्यास लेख्न कठिन छ, नानीले कल्पनाके उचाई छोएकी छिन् । उहाँले यस्ता लेखिकालाई सरकारले सम्मान गर्नुपर्छ ।’
लेखिका गीतले आमावावुको प्रेरणाबाट आफुले दोस्रो कृति प्रकशित गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो उपन्यासमा विज्ञान, अनुसन्धान विषयमा आधारित भएको बताइन् । १२ वर्षिया पछाईले सबैको प्रेरणा पाएको थप कृति प्रकाशित गर्ने बताइन् ।
लेखिकाका आमा जानुका ढकालले १० वर्षको उमेरमा तयार गरेको सो पुस्तक कोभिड लगायत विविध कारणले बल्ल प्रकाशन गर्ने अवसर मिलेको जानकारी दिइन् ।