काठमाडौँ – सिटिजन्स बैंकले सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको शुभारम्भ गरेको छ ।
चितवनको सौराहमा १८० शाखा प्रबन्धकहरुको भेलाबाट सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सुविधा दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले याेजना सार्वजनिक गरेका हुन् ।
याेजना घाेषणा गर्नु पूर्व चितवनकाे साैराहामा ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
शाखा प्रबन्धकहरु तथा बरिष्ठ व्यवस्थापकहरुलाई सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत पोखरेले यस बैकंलाई सुशासनमा अब्बल बनाउने घाोषणा पनि गरेका थिए ।
सिटिजन्स चिरायु मुद्धती योजनायोजना अन्तर्गत ग्राहकहरूले १३ वर्ष ४ महिनादेखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
रेमिटेन्स चिरायु मुद्धती योजनामा सहभागीहुनेहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
मुद्धती निक्षेप योजना अन्तर्गत बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउने छन् । मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
प्रतिक्रिया