देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध घोषणा गर्‍यो

देशान्तर

काठमाडौँ – चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ ।

पेलोसीले ताइवान भ्रमण गरेर आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले पेलोसी र उनको परिवारमाथि प्रतिबन्ध घोषणा गरेको हो ।

केही दिनअघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएको छ र ताइवान नजिकको क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।

चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भनेका छन् , ‘पेलोसीले चीनको आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् । चीनको एक चीन नीतिलाई कुल्चिने प्रयास गरेकी छिन् र ताइवानको क्षेत्रमा शान्ति र स्थिरतामा नोक्सान पुगेको छ ।’

चीन ताइवानलाई आफ्नो क्षेत्र मान्छ र ताइपेईलाई बेइजिङमा मिलाउन चाहन्छ ।

यसैबीच न्यान्सी पेलोसी शुक्रवार आफ्नो एसियाली देश भ्रमण अन्तर्गत जापान पुगेका छन् । त्यहाँ पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो ताइवान भ्रमण यथास्थितिलाई परिवर्तन गर्नु नभएको बताए । अमेरिकाले कहिल्यै पनि ताइवानलाई अलग हुने नदिने उनको भनाइ थियो ।