देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमण बढ्यो

देशान्तर

काठमाडौं – भारतमा गत चौबीस घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमितको सङ्ख्या २० हजार नाघेको छ । आज (शुक्रबार) बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार गत चौबीस घण्टामा कोरोना संक्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ ।

भारतमा हाल कोरोना संक्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना संक्रमित शुक्रबार पुनः २० हजार नाघेको हो ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय संक्रमित छन् । यसैगरी २१ हजार पाँच सय ९५ संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ४५ हजार ६ सय २४ पुगेको छ ।

बिहीबा चौबीस घण्टाको अवधिमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार ६ सय जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब पाँच करोडभन्दा बढी मात्रा खोप लगाइएको छ ।