देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिक विजेता ग्राइनरको रिहाइका लागि अमेरिकाको लेनदेन प्रस्ताव

देशान्तर

काठमाडौँ – रुसमा पक्राउ परेकी ओलम्पिक विजेता अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरको रिहाइका लागि अमेरिकाले लेनदेनको प्रस्ताव गरेको छ ।

दुई पटक ओलम्पिक विजेता ग्राइनरले गाँजाको तेल बोकेको पाइएपछि लागुपदार्थ तस्करीको अभियोगमा रुसमा नौ वर्ष जेल सजाय तोकिएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्वीले उनको रिहाइका लागि अमेरिकाले प्रस्ताव गरेको बताएका तर थप नखुलाएको बीबीसीले जनाएको छ ।अमेरिकाले पक्राउ गरेका एक रुसी हतियार तस्करसँग ग्राइनरको साटफेर गर्न सक्नेगरी प्रस्ताव गरिएको हुनसक्ने अनुमान छ ।

३१ वर्षकी ग्राइनरले आफूले इमानदार गल्ती गरेको र कानुन उल्लङ्घन गर्ने नियत नभएको अदालतमा बताएकी थिइन् । विश्वकै उत्कृष्ट महिला खेलाडीको पहिचान बनाएकी ग्राइनर गएको फेब्रुअरीमा मस्को विमानस्थल नजिकबाट गाँजाको तेल भरिएको विद्युतीय उपकरणसहित पक्राउ परेकी थिइन् ।

उनी पक्राउ परे लगत्तै रुसले युक्रेनमा आक्रमण गरेको थियो ।