देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित


अमेरिकी सिनेटलेस्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ ।

दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली थिए । वासिंगटनले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

फेब्रुवरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशमा एकताको संकेत देखिएको सिनेट लिडर चुक सुमरले बताए ।

‘पुटिनले युक्रेनमा आफ्नो युद्धलाई पश्चिमलाई विभाजित गर्न प्रयोग गर्ने प्रयास गरेका छन् । बरु, आजको मतदानले हाम्रो गठबन्धन पहिलेभन्दा बलियो भएको देखाउँछ’, उनले भने ।