देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो

देशान्तर

काठमाडाैं – भारतमा गत चौबीस घण्टामा कोरोना संक्रमितको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज (बुधबार) जनाएको छ ।

देशमा हाल कोरोना संक्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना संक्रमित बुधबार प्रकाशित तथ्यांक अनुसार पुनः बृद्धि भएको देखिएको छ ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय संक्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार ६ सय १० पुगेको छ ।

हिजो २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार सात सय ३२ मात्रा खोप लगाइएको छ ।