काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।
प्रतिक्रिया