देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने

देशान्तर

काठमाडौं – “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र अंकितमूल्य रु.१००० का दरले कुल १ अर्ब रुपैंया (१० लाखकित्ता) मूल्य बराबरको दशवर्षे ऋणपत्र बिक्रीगर्न लागेको छ ।  त्यस्तै बैंकले ऋणपत्र निष्काशनको लागि एनआई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आज बैंकको केन्द्रियकार्यालय दरवारमार्ग, काठमाडाैंमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशतब्याजदरको ऋण पत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एनआई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत (Private Placement) बाट  रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र Dollar card  जारी गर्ने अग्रणी महालक्ष्मी विकास बैंक रहेको छ ।

कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षितभई अरुलाई पनि सूरक्षित राख्न बैंकले आग्रह समेत गरेको छ ।