गुरुले एकदिनमलाई सोधे ! उनी फुर्सदमाथिए । धेरै दिनदेखि उनको उल्लेख मैले यो स्तम्भमा गरेको थिइनँ । त्यसैले उनीहलुका रिसाएकाथिएक्यार ! उनले सोधे तिमीअचेल धेरै प्राचीनकथामात्र लेखिरहेका छौं । यतातिर आउन मन लाग्दैन? मैले भनेँ– ‘गुरु देव, यही समयमाबाँचेको छु, आउन त किन मन लाग्दैन ? तर सोच्नुस् त यहाँअहिले के छ ?’ गुरु भने– ‘तिमी सुनाउन न के के छ ?’ मैले भनेँ– ‘सारा खोपको डोज लगाउन सकिएको छैन, कोरोना बढेको खबर लगातार आइरहेको छ । त्यतिभयावहकोरोनाआज हेर्नुस्, बढ्दैछ, रूप फेरि फेरि डराउँदैछ तर मान्छे किनहो, अबकोरोनासँगकति डराउनु भनेर होलामास्कनलाएरै हिँड्न थालेका छन् । दुनियाँकाच्यानलहरू पनिकोरोनाको न्युज यसरी दिन्छन् जस्तो विज्ञापन दिइरहेका छन् । मान्छे पनि के गरोस्?कति डराओस् ? डराएर पनि त जीवनचल्दैन ?उसको हातमात्यही छ, त्यही गर्छ, डराउने–नडराउने । यस्तामा भाग्यवादीदर्शन अँगाल्नबाध्य हुन्छ कालआए मरिन्छ, होइनभने आफ्नो कामगरिन्छ ।
सारा स्वस्थ संगठन संसारकैले भनेको छैन, खोपको असर कतिसम्म रहन्छ ? यो वर्ष दिनमा फेरि दिनु पर्ने हो किहोइन?होइनभने त अबखोपकै दिगो लहर थाल्ने बेलापनि निकट नै हो । त त्यहाँको चर्चा गरेर के गर्नु ?मनोबल गिराउने काममात्रहुँदैन गुरु, उपचार छैन र बढिरहेको महामारी संख्याबताउने र जोखिम बढेको बताउने संख्य कमभएपनिजोखिम उस्तै छ भन्दा? यो म मान्छु कोरोना असरहीन छैन तर मनले वास्तागर्न छाडे ?किन छाडे भने वास्ता गरेर मात्र के गर्नु ?खबर सुन्नु, चौबीस घण्टामा यति बढ्यो । बी.ए. ४ मा नेपालमाबी.ए. ५ आयो । यसले हामीलाई के फरक पर्ला गुरु ? यो पनिथाहापाउने चासो रहेन, ४ र ५ मा के फरक छ ? असरको फरक छ कियीजन्मिँदै जान्छन्, दुनियाँले नास गर्दै जान्छ । चिन्न सजिलो हो भनेर अब त विज्ञहरूले पनि धेरै बताउन छाडे । यतिभयावह रोग, अबहामीलाई एउटा दैनिकन्युजजस्तो भएको छ । त्यस्तो दैनिकन्युजको चर्चा कतिगर्नु र किनगर्नु ?
सानो को कि ठूलो, तर एउटा जासुसी उपन्यासजस्तो मनोरञ्जन बनेको छ, एउटा नाउँ–एमअधिकारी ! को हो यो एम. अधिकारी आजसम्मअधिकारिक रूपमा ज्ञान छैन । मन्त्रीज्यूहरूसमेत भन्दै हुुनुहुन्छ, विवादमा आएपछि गभर्नरले राजीनामादिनु उचित छ। राष्ट्र बैंककागभर्नरलाई गाह्रो परेको त होला?उहाँ भन्नुहुन्छ– त्यो एम. अधिकारी को हो, म जान्दिनँ । यतिथाहा छ, त्यो म होइन । ममहाप्रसादअधिकारी हुँ । अबयसले रोमाञ्चकभोक लिएको छ । एम. अधिकारी को हो जो लुप्त छ ? सक्रिय पार्टी कार्यकर्ता त हो । अहिले भूमिगत छ । भूमिगतहुने चलन संसारको राजनीतिमा पुरानो हो । त्यस्तै, नाउँलाई छोटो पार्ने चलनपनि पुरानै हो राजनीतिमा । मैले आफ्नो बाल्यकालमै यस्ता नाउँ सुनेको छु । तर, तीभूमिगतभएर त्यस्तानाउँ राख्दथे । गुरुले भने– ‘यसलाई भूमिगतमान्ने किनमान्ने ?’ मैले भनेँ–‘गुरु यो मलाई थाहा छैन । कसैलाई थाहा छैन’गुरुले भने– ‘शेष कुरा अर्थात्, जानेजति शेष कुरा म भन्छु सुन ।’
गुरुको वचनखुलिसकेको थियो । अब मैले बोल्नु व्यर्थ छ भनेर मैले आफूलाई श्रोतामा परिणत गरेँ र गुरुवचनश्रवण गर्न थालेँ । गुरुले भने– ‘बाबु सुन तिमीले आख्यानहरू लेखेका छौं, तिम्रो आख्यानभन्दा कैयौंगुणा आनन्दमलाई यो केसमाआइरहेको छ । धेरै अघि मैले एउटा अंग्रेजीफिल्म, यहीँ काठमाडौंमै हेरेको थिएँ–‘डायल एम.फर मर्डर’त्योभन्दा सस्पेन्स छ यसमा । यहाँ त डायल एम फर एम.अधिकारीजस्तो भइरहेको छ । महाप्रसादज्यूले त भनिसक्नु भयो, त्यो एम म होइन । रमाइलो के भने, उहाँको बनाएका नेतापनिभनिरहनु भएको छ, त्यो एम. उहाँहोइन । गभर्नरले, म होइनभन्न पाउनुहुन्छ । त्यो को हो त भने पनिउहाँलाईथाहा न हुन सक्छ । तर, उहाँको बचाउकामहानुभावहरूलाई कसरी थाहाभयो, त्यो एम. उहाँहोइन ।
फारम भर्दा, उहाँको फाइलबनाउँदाकतै उहाँको फोटो देखेर थाहाभयो कि?त्यसो भए त यत्रो यो इस्यु तत्कालनन इस्युमा परिणत भइहाल्छ गभर्नरज्यूलाई ‘बाइज्जत बरी’ गराउने मन भए, यो एकदमै सजिलो उपाय लाग्छ मलाई । हामीकहाँ सी.आई.बी.वाअन्यनिकायजस्तो अख्तियार दुरुपयोग आदिउनले यसमा सहायतागर्न सक्छन् मलाई थाहा छैन । तर जसरी होस् उहाँलाई यो छापबाट बाहिर निकाल्नु प¥यो नि त गभर्नरजस्तो पदमा यस्तो छापमा राख्नु शोभा देला र ?यसको एक सरलतमउपाय छ ।’ के गुरु ?गुरुले भने– ‘त्यो एम म हुँभनेर वास्तविकएम. अधिकारी प्रकट हुनुपर्दछ तर ‘केरिङ फर गोवो’ मन गोवो आउँछ र ?वास्तविकअर्थात् अर्काे एम. अधिकारी छाती ठोक्दै आउला त ?‘वेट एन्ड वाच’गोवो आउँदो रहेछ कि के गर्दाे रहेछ ?
गुरु बोल्न थालेपछि चुपलाग्नवालगाउन कठिन हुन्छ । भन्नथाले– ‘आजसम्मपनि कसैले मैले भ्रष्टाचार गरेको हुँभनेर भनेको छ ? छैन । भन्नै मिल्दैन । सबका बडेबडे विल्डिङ बनेका हुन्छन् । अर्थात् पदाधिकारीहरूका सब– ‘काढी तरक्कपसिनादिनरात डोको गरेरै बनेका हुन्छन् । यसबाट देशको उन्नतिपनि त देखिन्छ, होइन? मैले सोधे– ‘गुरु यो व्यंग्यहो कि के हो ?’ यो श्यामव्यंग्य हे बाबु श्यामव्यंग्य ।पहिले साहित्यमामात्रथियो, अब सबैतिर व्यंग्य छ । गुरुले भने पुनःगरिबीको निराकरण गरिबी हटाएर होइनगरिब हटाएदिए भइहाल्छ निहोइन?अब हेर फुटपाथ यसलेहरूतिमीलाई हटाइँदैछ । फुटपाथ हिँड्नलाई हो, पसलथाप्नहोइन ।
के त बसलाई थाहा छ ? छ भने तीपसलथाप्नेहरूलाई पनिथाहा छ । तर तिनले जीविका कसरी चलाउने त ? यो कसैलाई थाहा छैन । सबकाविद्यमानव्यवस्थापन हुन्छन् यिनकाहुँदैनन् । यो के हो ?तिमीले आफ्नो रित्तो पेट के खाएर भर्ने ? केटाकेटीले कसरी पढ्ने ? फुटपाथ सफा त हुनैपर्दछ । तिनलाई साप गरेर पुग्छ । तीनन्–जाँगरकाहुन्कि? यो कोहीभन्दैन । तीविलासिताकाकारण पसल थाप्छन् कि के हो । तिनको बन्दोबस्तको उपाय त सामुन्ने आएको छैन, तिनले दिनरातकसरी काट्ने नगर, उपमहानगर र महानगरमा? यो मलाई थाहा छैन । कसैलाई थाहानभएकैले होलापदाधिकारी फुटपाथ सफा राख्नमाजोड दिन्छन् । म पनिजोड दिन्छु तर…. यसको उत्तर कुनहातिमुताईसँग होला?’ मैले भनेँ ‘यस्तोमाप्राचीनकथातिर लाग्दा मैले के बिराएँ त गुरु ?’ गुरुले मुख छोपेर भने–‘यस् यू आर राइट ।’
प्रतिक्रिया